HomeFeatureप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार

काठमाण्डौँ, 7 मार्च 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिडडुल समेत गराउन थालिएको छ। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीको फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ। उहाँको भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन्। कार्यकारी निर्देशक खड्काका अनुसार मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ। उहाँले पनि हिडडुल गर्न थाल्नुभएको छ।
चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ। लिखित सन्देश पठाउँदै राष्ट्रपति सिले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो। नेपाल र चीनका दुबै पार्टी र देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफु इच्छुक रहेको पनि शिले बताउनुभएको थापाले जानकारी दिनुभयो।
गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...