HomeFeatureप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाण्डौ, 14 मई 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिनुभएको हो । शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि दलहरुलाई उपलब्ध गराएको समयमा कुनै पनि दलको दाबी नपरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा रहेका राजनीतिक दलहरु मध्येबाट सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  यसअघि गत २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा पेस गर्नुभएको विश्वासका मत फेल भएपछि सोही दिन राष्ट्रपतिले बैशाख ३० गते राती ९ बजे भित्र संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनका लागि आव्हान गर्नुभएको थियो । सो अवधिमा दलहरुको दाबी नपरेपछि राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । अब ओलीले ३० दिन भित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने छ । यसैबीच प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीमण्डलाई निरन्तरता दिनुभएको छ । आजै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...