काठमाडौं, 9 सितंबर 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शुक्रबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले महारानी एलिजावेथको निधनको खबरले आफूलाई दु:खी बनाएको बताएका हुन्। प्रधानमन्त्री देउवाले महारानी एलिजावेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित बनाएको बताएका छन्। साथै सन् १९६१ र १९८६ मा महारानी एलिजावेथले दुई पटक गरेको नेपालको राजकीय भ्रमणलाई नेपाली जनताले अत्यन्तै प्रेमपूर्वक सम्झिने गरिएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्। महारानीको निधनले नेपालले देश र जनताको एक महान प्रशंसक गुमाएको उल्लेख गर्दै देउवाले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।









































