कर्नाटक/ 2 जनवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले आज कर्नाटकको तुमकुरस्थित एक कार्यक्रममा राज्यहरूलाई कृषि कर्मण पुरस्कार तथा प्रशंसा पुरस्कार प्रदान गर्नुहुनेछ। उहाँले प्रधानमन्त्री किसान सम्मान निधिअन्तर्गत डिसेम्बर 2019-देखि मार्च 2020-सम्मको अवधिका लागि किसानहरूलाई दिइने 2000 रूपियाँको तेस्रो किस्ता पनि जारी गर्नुहुनेछ। यसबाट लगभग 6 करो़ड लाभार्थीहरूलाई लाभ प्राप्त हुनेछ। मोदीले 8 राज्यहरू र केन्द्र शासित प्रदेशहरूका लाभार्थीहरूलाई प्रमाण पत्र पनि प्रदान गर्नुहुनेछ। यस योजनाअन्तर्गत कम आय भएका तथा सीमान्तकृत किसानहरूको आय बढाउन उनिहरूलाई प्रत्येक वर्ष 6 हजार रूपियाँ दिइन्छ। यो रकम 2-2 हजार रूपियाँका दरले तीन किस्ताहरूमा दिइन्छ। मोदीले किसानहरूलाई माछा पार्ने उपकरणहरू पनि वितरण गर्नुहुनेछ।
मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको शुभारम्भ गत वर्ष फरवरीमा उत्तर प्रदेशको गोरखपुरबाट गर्नुभएको थियो।