लखनउ, 5 फरवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा मन्त्रालयको द्वीवार्षिक आयोजना-रक्षा प्रदर्शनी 2020-को आज लखनउमा शुभारम्भ गर्नुभएको छ। रक्षामन्त्री तथा लखनउबाट सांसद राजनाथ सिंह, रक्षा राज्यमन्त्री श्रीपद येसो नायक, उत्तर प्रदेशका राज्यपाल आनन्दी बेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसहित प्रदेश सरकारका अन्य मन्त्रीहरू उद्घाटन समारोहमा उपस्थित रहनुबएको थियो।
प्रदर्शनीमा देशको एयरो स्पेस, रक्षा तथा सुरक्षा परिदृश्यको समग्र प्रदर्शनी गरिनेछ। देश विदेशको रक्षा विनिर्माण कम्पनीहरूले आफ्नो उत्पादनहरू र रक्षा क्षेत्रसँग सम्बन्धित सेवाहरूको प्रदर्शन गरिरहेका छन्।









































