HomeFeatureप्रधानमन्त्री मोदी र ब्राजीलका राष्‍ट्रपति बोल्‍सोनारो बीच 11 सम्झौताहरूमा हस्‍ताक्षर

प्रधानमन्त्री मोदी र ब्राजीलका राष्‍ट्रपति बोल्‍सोनारो बीच 11 सम्झौताहरूमा हस्‍ताक्षर

नयाँ दिल्ली, 25 जनवरी 2020

प्रधानमन्त्री नरेन्‍द्र मोदी र ब्राजीलका राष्‍ट्रपति जाएर मेसियस बोल्‍सोनारो बीच नयाँ दिल्लीमा वार्तापछि 11 सम्झौताहरूमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूमा स्‍वास्‍थ्‍य, जैवीक ऊर्जा सहयोग, सांस्‍कृतिक आदान-प्रदान, भू-गर्भ तथा खनिज संसाधनलगायत कैयौँ महत्त्वपूर्ण क्षेत्रहरू सामेल छन्। साइबर सुरक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा पनि सम्झौता भएको छ। ब्राजीलका राष्‍ट्रपतिको भ्रमणबाट थप 4 वटा सम्झौतामा हस्‍ताक्षर गरिएको हो।

वार्तापछि प्रधानमन्त्री नरेन्‍द्र मोदीले राष्‍ट्रपति बोल्‍सोनारोको भारत भ्रमण दुवै देशबीच बढ्दो सम्बन्धको उदाहरण भएको बताउनुभयो। उहाँले राष्‍ट्रपति बोल्‍सोनारो यस वर्ष गणतन्त्र दिवस समारोहमा मुख्‍य अतिथि हुनु गर्वको विषय भएको पनि बताउनुभयो। प्रधानमन्त्री मोदीले भारत-ब्राजील कूटनीटिक सम्बन्ध साझा आदर्शहरूमाथि आधारित भएको बताउनुभयो। उहाँले दुवै देशले कैयौँ अन्तर्राष्‍ट्रिय मञ्चहरूमा मिलेर काम गरेको र एक-अर्कोको विकास यात्रामा सहभागी भएको बताउनुभयो। उहाँले रक्षा उद्योगमा सहयोग बढाउन ध्‍यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो।

प्रधानमन्त्रीले ब्राजील, भारतको आर्थिक रूपान्तरणमा महत्‍वपूर्ण सहभागी भएको बताउनुभयो। उहाँले द्विपक्षीय व्‍यापारमा वृद्धिको उच्‍च संभावना रहेको पनि बाउनुभयो। विकासशील देशको रूपमा भारत र ब्राजीलले आतङ्कवादसहित बहुपक्षीय मामिलाहरूमा समान दृष्टिकोण राख्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...