प्रधानमन्त्री र मन्त्रीहरुले भूकम्पपीडितका लागि १ महिनाको पारिश्रमिक दिने
काठमाडौं,9 नोभेम्बर 2023
भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।









































