HomeFeatureप्रधानमन्त्री शेरबहादुर देउबालाई केपी ओलीले भने कोभिड खोपलाई प्राथमिकता दिनुपर्दैन

प्रधानमन्त्री शेरबहादुर देउबालाई केपी ओलीले भने कोभिड खोपलाई प्राथमिकता दिनुपर्दैन

काठमाण्डौ, 19 जुलाई 2021

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिईरहन आवश्यक नरहेको प्रतिक्रिया दिनु भएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिईरहन आवश्यक नरहेको बताउनु भएको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकको शुभारम्भमा बोल्दै उहाँले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आपूm नेतृत्वको अघिल्लो सरकारले मिलाएको दावी गर्नु भयो । उहाँले भन्नुभयो “केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पु¥याएका छौं । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरु र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौ ।” निवर्तमान प्रधानमन्त्री ओलीले भन्नु भयो, “अव कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिईरहन आवश्यक छैन ।”

 अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढि, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दावी गर्नु भयो । आफू नेतृत्वको सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उहाँको तर्क थियो । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरुले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दागर्दै प्रतिक्रियावादी शक्तिहरुले पार्टी भित्रकै केही महत्वकांक्षीहरुलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षडयन्त्र गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो “केही राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको विरोध गरेका हुन ।” अध्यक्ष ओलीले भन्नु भयो, “पार्टी भित्रका महत्वकांक्षीहरुलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भईरहेको छ ।”

 त्यस अवसरमा उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दावी समेत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...