HomeFeatureप्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप

प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको पोखरेलको आरोप

काठमाडौं, 12 अक्टूबर 2022

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन् । बुधवार फेसबूकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले साहले पार्टीकै निर्णय अनुसार रौतहटको टिकट लिएको र अन्तिम समयमा आएर एमालेलाई धोका दिँदै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

पोखरेलले लेखे, प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो ।उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ 

महासचिव पोखरेलले राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ नहुने समेत बताएका छन् । साथै यो सत्ता गठबन्धनमा रहेका दलहरूसँगको षडयन्त्रपूर्ण साँठगाँठ भएको समेत उल्लेख गरेका छन् । महासचिव पोखरेलले लेखेका छन्,‘यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् ।’

मधेस प्रदेशमा नेकपा ‘एमाले’ र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउन समेत महासचिव पोखरेलले आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...