काठमाण्डौँ, 7 फरवरी 2020
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ।बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परि पुर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो। बैठकमा समय लिएर बोल्दै सांसद मिन बिश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरु निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर कांग्रेसले गरेको उल्लेख गर्नुभयो।
बाख्री हरायो होइन तस्कर पल्कियो भन्ने चिन्ता बढेको भन्दै उहाँले कसुर दारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धती विरुद्ध रहेको दावी गर्नुभयो। एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलालाई उन्मुत्ति दिने पद्धतिको थालनी भएको भन्दै उहाँले त्यसप्रति गम्भीर आपत्ती जनाउनुभयो।
सरकारको नियोजित कार्यक्रम भित्र रहेर अख्तियारले पुर्वाग्रही व्यवहार गरेको भन्दै उहाँले गम्भीर आपत्ती जनाउनुभयो। न्याय निरुपण गर्ने निकायलाई नै छाँयामा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको उल्लेख गर्दै उहाँले सरकारको छाया बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको काम प्रति आफुहरुको गम्भीर आपत्ती रहेको बताउनुभयो।
सभामुखले बैठक प्रारम्भ भएको जनाउ दिने वित्तिकै कांग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए। त्यसपछि बोल्ने समय पाएका सांसद विश्वकर्माले अख्तियारको विभेदकारी कामलाई स्वीकार्न नसकिने भन्दै सदन सुचारु हुन नसक्ने जनाउनुभएको थियो। त्यसपछि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो। कांग्रेसले विहिबारको बैठक पनि अवरुद्ध गरेको थियो।









































