काठमाण्डौ, 9 फरवरी 2020
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध गरेको छ। आइतबार दिउँसो 1 बजेका लागि बोलाएको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरोध गरेका थिए। सांसदहरुले उभिएर अवरोध गरेपछि सभामुखले बस्न आग्रह गर्नुभएको थियो। सांसदको आग्रहसँगै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बोल्न खोज्दापनि सभामुखले माइक खोल्नुभएन्। सामानयतयाः कार्यव्यवस्था परामर्श समितिमा बैठक अवरुद्ध हुने विषयमा जानकारी हुन्छ। र कसलाई बोल्न दिने भन्ने विषयमा समेत समझादरी बनेको हुन्छ। तर आज त्यसो हुन सकेन्।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसले लगातार तेस्रो पटक बैठक चल्न नदिएको हो। सभामुख सापकोटाले आइतबार समेत गरी तीन पटक सम्म बैठक अवरुद्ध भएको बताउँद्ये बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सुचारु गर्न सहयोग गर्न कांग्रेसलाई आग्रह गर्नुभएको थियो। 2 पटक संसदबाट प्रतिपक्षी दलले आफ्नो कुरा राखिसकेको भन्दै उहाँले आज बैठक सुचार गर्न गरेको आग्रह कांग्रेसले मानेन्। संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै उहाँले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताउनुभएको थियो। बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको हो।









































