दिल्ली, 21 फरवरी 2022
प्रवासी नेपाली एकता मंच भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समितिले महाराष्ट्रको दाहानु रोड क्षेत्रमा विभिन्न पेसामा संङलग्न रहेका प्रवासी नेपालीहरुको एक भेलाको आयोजना गरि 20/ 2/ 2022 कादिन समिति गठन गरेको छ। नेशनल लाइभलाई टी.भी. लाई प्राप्त जानकारी अनुसार भरत सार्कीको संचालनमा जनक भुलको अध्यक्षतामा र प्रवासी नेपाली एकता मंच भारत केन्द्रीय समिति उपाध्यक्ष भिम भण्डारीको प्रमुख आतिथ्यमा केन्द्रीय समिति महासचिव कटक शाही, केन्द्रीय समिति कोषाध्यक्ष केशर रावल र नेकपा एस.मंगलसेन नगर पालीका वडा नम्बर १२ का वडा सचिव महेन्द्र भुलको अतिथित्वमा ३३सदस्यीय कार्यकारी दाहानु रोड नगर समिति गठन गरिएको छ ।









































