HomeFeatureप्रवासी नेपाली संघको कल्याण-डोम्बिवली नगर समिति घोषणा सभा सम्पन्न

प्रवासी नेपाली संघको कल्याण-डोम्बिवली नगर समिति घोषणा सभा सम्पन्न

दिल्ली, 23 फरवरी 2022

प्रवासी नेपाली संघ भारतले कल्याण-डोम्बि-वली नगर समितिको घोषणा सभा सम्पन्न गरेको छ। नेशनल लाईभ टिभीलाई हाम्रा सहयोगी राज रोकायाले, मुम्बईबाट पठाएको रिपोर्ट अनुसार प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण- डोम्बि-वली नगर समितिको दोस्रो नगर सम्मेलन तथा घोषणा सभा नगर समितिका संयोजक बल बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको छ। प्रवासी नेपाली संघ भारतका केन्द्रिय उपाध्यक्ष डम्बर रावलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा, विशिष्ट अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” , प्रवासी नेपाली संघ भारत कै केन्द्रिय सदस्य बालकृष्ण ढकाल, गिमादेवी ढकाल, केन्द्रिय सदस्य तथा महाराष्ट्र राज्य समिति संयोजक चक्र रावल, केन्द्रिय सदस्य शुक्रराज तिवारी र महाराष्ट्र राज्य समिति सदस्य प्रेम सुन्दर शाही लगायतको सहभागीता रहेको थियो। घोषणा सभाको संचालन नगर समिति सदस्य इन्द्र बहादुर  कार्कीले गरेका थिए। प्रमुख अतिथि डम्बर रावलले व्यानर अ-नावरण गरे भने स्वागत मन्तव्य बम बहादुर थापा ले गरेका थिए। घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डम्बर रावलले प्रवासी नेपालीहरुले प्रवासमा गरेको कडा मेहनत र परिश्रमको प्रसंशा गर्दै आफ्नो हक,हित र अधिकारको लागि निरन्तर संघर्ष गर्न आग्रह समेत गरे, उनले एमसीसीको बारेमा पनि निकै तीव्र आलोचना गरे। आगामी निर्वाचनमा पार्टी लाई जिताउन सबैको सहयोग हुनुपर्ने उनको भनाई थियो। उक्त घोषणा सभामा विशिष्ट अतिथि टेक रावल भीजनले 17 सदस्य कल्याण- डोम्बि-वली नवनिर्वाचित नगर समितिको नाम र पदको घोषणा गरे लगतै प्रमुख अतिथि डम्बर रावलले पद तथा गोपनियताको सपथ गराएका थिए। उक्त दोस्रो सम्मेलनबाट मान बहादुर कार्की अध्यक्ष रहने गरि 17 सदस्यीय कल्याण डोम्मिवली नगर समिति घोषणा गरिएको थियो। घोषणा सभा कल्याण स्थित स्वामी-नारायण हलमा अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...