Homeसमाचारप्रवासी नेपाली संघले यसरी जवाफ दियो अखिल भारत नेपाली एकता मन्चलाई

प्रवासी नेपाली संघले यसरी जवाफ दियो अखिल भारत नेपाली एकता मन्चलाई

दिल्ली, 25 जुलाई 2022

नेशनल लाईभ टिभीबाट प्रसारित समाचार प्रवासी नेपाली संघको सम्पूर्ण नगर समिति अखिल भारत नेपाली एकता मन्चमा प्रवेश गरेको भन्ने खबरको जवाफ दिदैं प्रवासी नेपाली संघ भारतले औरंगाबाद नगर समितिको घोषणा गरेको छ। समाचार प्रकाशित पश्चात प्रवासी नेपाली संघ भारतले महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने औंरंगावाद नगर समितिको पुनर्गठन कार्यक्रम सम्पन्न गरेको हो। नेशनल लाईभ टिभीलाई महाराष्ट्रबाट प्रवासी नेपाली संघ भारतका केन्द्रिय उपाध्यक्ष डम्बर रावलले दिएको जानकारी अनुसार नगर समिति पुनर्गठन कार्यक्रमको अध्यक्षता राजेश जोशी ले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रिय उपाध्यक्ष डम्बर रावल रहेका थिए भने अन्य अतिथिहरुमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य निर्मल सार्की, महाराष्ट्र राज्य सदस्य भीमा जोशी, हर्क बहादुर कुँवर, हिरालाल जोशी, तुला बिक, खिमादेवी जोशी, नवराज भूल र नवराज ढुङ्गाना र सुक्रमान तामाङ रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य टेक बहादुर बम र संचालन दुर्गा प्रसाद ढुङ्गाना ले गरेका थिए। उक्त पुनर्गठन समितिले तत्कालीन नगर अध्यक्ष डबल विक र सचिव विशाल विक ले संगठनको हित विपरीत कार्य गरेका कारण साधारण सदस्य नरहने गरि कारबाही गरिएको छ। दुर्गा प्रसाद ढुङ्गानाको अध्यक्षतामा 17 सदस्यीय नगर समिति पुनर्गठन गरिएको छ। जसमा उपाध्यक्ष राजेश जोशी, सचिव टेक बहादुर बम, सहसचिव टेकराज भण्डारी, कोषाध्यक्ष राम बहादुर बिष्ट लगायत रहेका छन भने सदस्यहरुमा तिलाराम ढुङ्गाना, टेक राज लामिछाने, नवराज भूल, हेमन्त धमाला, धनराज गैर, खेमा जैशी, खेम बहादुर बिक, सरीना बिक, जयश्री बोहरा, रमेश धमाला, राजु जोशी रहेका छ्न।  सल्लाहकार समिति प्रमुखमा हिरालाल जोशी र सदस्यमा नवराज ढुङ्गाना लाई मनोनीत गरिएको छ। प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रीय उपाध्यक्ष डम्बर रावलले पद तथा गोपनियताको सपथ गराएका थिए। प्रमुख अतिथि रावलले पुनर्गठन समिति लाई हार्दिक बधाई तथा शुभकामना दिदै अब औंरंगावाद नगर समिति महाराष्ट्र कै नमुना नगर समिति बनाउन सबैलाई अनुरोध गरेका थिए। हिजो अप्रत्यासित रुपले संगठन भनेको हामी मात्र हौ भन्ने हल्ला फैलाउने साथीहरूको भन्दा उत्कृष्ट कार्य गर्न पुनर्गठित नगर समिति लाई निर्देश गर्दै हरेक समस्याको डटेर सामना गर्न पनि अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...