दिल्ली, 9 अगस्त 2022
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण-डोम्मिवली नगर समितिको मातहतमा रहने गरि ठाकुरवाडी प्रारम्भिक समिति ( प्रास ) गठन गरिएको छ। डोम्मिवली पश्चिम ठाकुरवाडीमा बस्ने प्रवासी नेपालीहरुको आम भेला गरि प्रारम्भिक समिति निर्माण गरिएको छ। भेलाको अध्यक्षता नयाँ बडुवालले गरेका थिए भने संचालन रण बहादुर शाही ले गरेका थिए । उक्त भेलाका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समिति इन्चार्ज टेक रावल “भीजन” अन्य अतिथिहरुमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति सदस्य तथा कल्याण-डोम्मिवली नगर समिति इन्चार्ज प्रेम सुन्दर शाही, प्रवासी नेपाली संघ भारत कल्याण-डोम्मिवली नगर समिति अध्यक्ष मान बहादुर कार्की, पिएनटी कॉलोनी प्रारम्भिक समिति ( प्रास ) का अध्यक्ष गगन कार्की र कोषाध्यक्ष पदम कार्की रहेका थिए। सो भेलाले रण बहादुर शाहीको अध्यक्षता रहने गरि 11 सदस्यीय ठाकुरवाडी प्रारम्भिक समिति गठन गरिएको छ। त्यस्तै उपाध्यक्ष सर्जन ब. कार्की, सचिव सर्जन ब.भण्डारी, सहसचिव सुरत ब. बडुवाल, कोषाध्यक्ष वीर ब. बडुवाल,सदस्यहरु चम्फा बडुवाल,कुल ब.सिजापती,गोपाल सिंह महतरा,चन्द्र ब.महतरा,शेर ब.महतरा र देबेन्द्र ब.महतरा रहेका छ्न। तीन जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार प्रमुख तिलक ब. बडुवाल,सदस्यहरु डम्बर ब.माझी र नयाँ बडुवाल रहेका छ्न।नवनिर्वाचित टिम लाई प्रमुख अतिथि भीजनले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।









































