HomeFeatureप्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिको अन्तर्गत माल्वणी प्रारम्भिक समिति गठन

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिको अन्तर्गत माल्वणी प्रारम्भिक समिति गठन

दिल्ली, 14 फरवरी 2022

प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिले पनि आफ्नो सांगठनिक विस्तारको क्रमलाई तीव्रता दिएको छ। स्थानीय चुनाव घोषणा लगत्तै प्रवासमा रहेका भातृ संगठनहरु पनि जुरमुर्राएर उठ्न थालेका छन। मुम्बईबाट नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार प्रवासी नेपाली संघ भारतले पनि आफ्ना नगर, टोल, राज्य समितिहरुलाई सक्रिय पार्दै लगेको छ। यसै क्रममा प्रवासी नेपाली संघ भारत महारष्ट्र राज्य समिति अन्तर्गत पर्ने पश्चिम मुम्बई नगर ख को माल्वणी गार्डन्  मलाडमा एक भेलाको आयोजना गरि माल्वणी प्रारम्भिक समिति गठन कार्य सम्पन्न गरेको छ। प्रकाश भूलको अध्यक्षतामा बसेको सो बैठकमा  प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” प्रमुख अतिथि रहेका थिए।  प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिका संयोजक सुरेश बोहरा,  राज्य सदस्य कल्पना बोहरा र पश्चिम मुम्बई नगर समिति कोषाध्यक्ष लोकेन्द्र बोहरा को आतिथ्यतामा भएको भेलाको संचालन प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य सदस्य महेश नाथले गरेका थिए। उक्त भेलाबाट 21 सदस्यीय माल्वणी प्रारम्भिक समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...