दिल्ली, 4 मार्च 2022
प्रहरी र स्थानीय जनता बीच शान्ति सुरक्षाका विषयलाई लिएर दैलेखमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेशनल लाईभ टिभीका सहयोगी राज रोकायाले दिएको जानकारी अनुसार चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नं.7 स्थित प्रहरी चौकी पाल्तडा दैलेखको प्राङ्गणमा जिल्ला दैलेख चामुण्डा बिन्द्रा सैनी नगरपालिका जेष्ठ नागरीक पदमराज जैसीको अध्यक्षतामा भएको अन्तरक्रियामा चामुण्डा बिन्द्रा सैनी नगरपालिका नगर प्रमुख सुर्य बहादुर शाही प्रमुख आतिथिमा, स्थानिय समुदायका शिक्षक, राजनितिक दलका प्रतिनिधि, लगायत अन्य सरोकारवाला ब्यक्तिहरु अन्दाजि 50 जनाको उपस्थिति रहेको थियो। समुदाय प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न समुदायको भुमिका सम्बन्धमा यस कार्यालयका, कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साह द्वारा प्रस्तुतिकरण गरी अन्तरक्रियामा सहभागीहरुको जिज्ञासाहरुलाई प्रष्ट पार्दै कार्यक्रम सम्पन्न भएको थियो ।









































