HomeFeatureप्रिय नेपाली जनता, कुशल रही कुशलताको कामना गर्छु !

प्रिय नेपाली जनता, कुशल रही कुशलताको कामना गर्छु !

” जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।

यतिबेला नेपालको अवस्था निकै गम्भीर र चुनौतीपूर्ण छ । हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ!

 

 

नेपालमा आज सयौँ नागरिक अक्सिजनको अभावमा मरिरहेका छन् । बेडको अभावमा तड्पिरहेका छन् । उपचार पाउँदा बाँच्न सक्ने व्यक्ति पनि अनाहकमा अमूल्य जीवन गुमाउन बाध्य छन् । हस्पिटलमा बेड छैनन् । सङ्क्रमितका लागि चाहिने औषधि छैन । गरिबहरूको चुलोमा आगो बलेको छैन । सङ्क्रमितले जसोतसो बेड पाएर हस्पिटल भर्ना भई हालेमा उपचार गर्ने पैसा छैन । उपचारका लागि लाखौँ रुपैयाँ तिर्न सक्ने क्षमता छैन ।  एक्काइसौं शताब्दीमा सिंगो मानवजातिलाई नै चुनौती दिइरहेको कोभिड १९ को दोस्रो लहर तुफानी बेगमा फैलिइरहेका बेला नागरिकको स्वास्थ्यसम्बन्धी हकप्रति सरकार संवेदनशील हुन आवश्यक छ ।

नेपालको संविधानले आम नागरिकका लागि स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । यस्तो विषम परिस्थितिमा राज्य लाचार बनेर बसेको छ । कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ। केही प्रभाव भइसकेका छन्।

जब जब देशमा विपत्ति आउँछ, दैवी प्रकोप, महामारी आउँछ नेता, जनप्रतिनिधि, शासक, प्रशासकका लागि कमिसन, भ्रष्टाचार, लुट, कुम्ल्याउने दिन आउँदो रहेछ । विपत्तिलाई कमाउने अवसरका रुपमा लिँदा रहेछन् । उनीहरुलाई जनताको कुनै मतलब देखिएन । गरिब नेपाल र नेपाली जनताको गरिबी देखाएर मागी खाने भाँडो बनाएका रहेछन् । देश बनाउँछु भन्ने नेताहरुले निमुखा जनतामाथि घिनलाग्दो राजनीति पो गरेका रहेछन् । सरकार कि राज्यको ढुकुटी सकेर भ्यु टावर निर्माण गर्दैछ कि त मन्दिर र मूर्ति ठड्याउँदैछ! सबैको नजरमा जनता नै राम हुन्, जनता नै सबै भन्दा ठूला भगवान हुन् । जनता सुखी र समृद्ध भए भने राज्य त्यसै समृद्ध बन्छ ।

 

बुद्ध जन्मभूमि नेपाल नै हो! विश्वको उच्च शिखर सगरमाथा र वीर गोर्खाको मुलुक भनेर विश्वमा नेपाललाई चिनिन्छ । त्यही गर्बिलो परिचय भएको, प्रकृति र संस्कृतिले सुसज्जित सुन्दर देश नै मेरो जन्मभूमि भए पनि बाध्यताले बिदेसिनु पर्‍यो कर्मभूमि विकसित मुलुक सीमापारी भयो,
म बिर्सिन तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अस्पृश्य भलकहहरु । ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरें । हामीलाई सीमा मिचेर ठूलो भू–भाग भएको छिमेकी हैन, ठूलो हृदय भएको छिमेकी चाहिएको छ! सीमा विवादको बिषयलाई आवेगमा होइन दीर्घकालिन समाधानका लाग संयम भएर हल गरौ  ।

 

नेपालका विभिन्न राज्यहरुमा महामारीको संक्रमण अत्यधिकरुपमा बढिरहेको छ!कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गर्छौ ! सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गरौ!

                                                                                                                                                                आरबी खड्का, भारत

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...