काठमाडौं, १४ फरवरी, २०२०
सिन्धुलीमा प्रेम पस्ताव अस्वीकार भएपछि एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।
महोत्तरी घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई गोली प्रहार गरेका हुन् ।
रायले सहकर्मी महिला प्रहरी लाई प्रेम प्रस्ताव राखेको र सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछि रायले आफ्नै पेटमा गोली हानेका हुन् । उनको सिन्धुलीमा उपचार हुन नसकेपछि काठमाडौँ ल्याइएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।