HomeFeatureप्रेम सम्बन्धमा खटपटपछि प्रेमीले घाँटी रेटेर आफ्नै प्रेमिकाको गरे हत्या

प्रेम सम्बन्धमा खटपटपछि प्रेमीले घाँटी रेटेर आफ्नै प्रेमिकाको गरे हत्या

विराटनगर, १० फरवरी, २०२०
सुनसरीको दुहबी नगरपालिका–६ कालीमन्दिर चोकमा बस्ने गरेकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या उनकै प्रेमीले गरेको खुलासा भएको छ ।

विराटनगर महानगरपालिका– १२ मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा परियार मृत भेटिएकी थिइन् ।

प्रहरी अनुसन्धानमा परियारको हत्या सप्तरीको कृष्णश्रवण गाउँपालिका– ३ स्थायी घर भई बुढीगंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद साहले गरेको खुलेको हो । साह बुढीगंगा गाउँपालिकामा रहेको क्लालिटी नुडल्स प्रालिमा स्टोर इञ्चार्जका रुपमा काम गर्दै आइरहेका थिए ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘ दुबै जनाबीच सामान्य विवाद भएको रहेछ । रिसको झोकमा साहले उखुबारीमा लगेर परियारको हत्या गरेको स्वीकार गरिसकेका छन् ।’

प्रहरीले साहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा साहले रिसको झोकमा हत्या गरेको स्वीकार गरेको अधिकारीले बताए ।

मोरङ प्रहरी प्रमुख अधिकारीका अनुसार क्वालिटी नुडल्समा काम गर्दा सम्झना र सुरेन्द्रबीच प्रेमसम्बन्ध सुरु भएको थियो । तर पछिल्लो समय भने सम्झनाले काम गर्न छाडेकी थिइन् । तीन वर्षयता प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शारीरिक सम्बन्धसमेत हुँदै आएको थियो ।

सुरेन्द्रले फोन गर्दा सम्झनाले उठाइनन् । बिहान करिब १० बजे फोन गर्दा सम्झनाको मोबाइल स्वीच अफ भएको रहेछ । साह अफिसबाट समय मिलाएर दिउँसो सम्झनाको घर पुगे । सम्झनाका दुई छोरी स्कुल गएका थिए । सम्झना भने घरमा ताल्चा लगाएर बाहिर गएकी थिइन् ।

सुरेन्द्रले गाउँमा सम्झनाका बारेमा सोधीखोजी गर्दा बिहानै हिँडेको जानकारी पाए । प्रेमिकालाई नभेटेपछि सुरेन्द्र काममा फर्किए । बेलुका ४ बजे उनलाई फोन गर्दा मोबाइल अफ नै थियो । सधैं फोन उठाउने प्रेमिकाले मोबाइल अफ गरेपछि उनी रिसाए ।

आफूलाई छाडेर अरु कोहीसँग प्रेम सम्बन्धमा रहेको हुनसक्ने आशंका साहले गरे । अफिस छुट्टी भएपछि सम्झनालाई खोज्दै उनी निस्किए । खोज्ने क्रममा उनले सम्झनालाई बाँसबारी चोकमा भेटे ।

भेट हुँदा पनि उनको मोबाइल स्वीच अफ नै थियो । भेट्नसाथ साहले कसलाई भेट्न गएको भनेर सम्झनाप्रति प्रश्न तेर्साए । सम्झनाले कुनै जवाफ दिइनन् । आफूमाथि शंका गरेपछि सम्झना पनि साहसँग रिसाइन् । यही विषयमा दुबै जनाबीच बिवाद भएपछि सुरेन्द्रले सम्झनालाई मोटरसाइकलमा राखेर निमुवा हुँदै रिङरोड तर्फ लागे ।

मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार मोटरसाइकलमा यात्रा गर्दा उनीहरुबीच भनाभन भइरहेको थियो । कहाँ हिँडेको भन्दा भन्दै सुरेन्द्रले विराटनगर महानगरपालिका– १२ मलहनवास्थित उखुबारी नजिकै लगेर मोटरसाइकल रोके । मोटरसाइकलबाट उत्रिएपछि पनि उनीहरुबीच भनाभन भइरहेको स्थानीयले पनि देखेका थिए ।

त्यसपछि सुरेन्द्रले सम्झनाकै सल खोसेर घाँटी कसेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । प्रहरीले सुरेन्द्रलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...