दिल्ली, 31 जनवरी 2022
प्रवासी नेपाली एकता मंच(भारत) महाराष्ट्र-गुजरात संयुक्त राज्य समिति अन्तरगत वापी नगर समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। समितीको विशेष विस्तारित बैठक वापीको जिआइ डिसीमा रहेको होटल कामतहलमा बसेको थियो। कार्यक्रमको अध्यक्षता टंक बुढाले गरेका थिए भने, पदम बुढाको संचालन रहेको बैठकमा प्रमुख अतिथिका रूपमा केन्द्रीय महासचिव कटक शाही, अतिथि केन्द्रीय सचिवालय सदस्य नैनसिंह आउजी, केन्द्रीय सदस्य झंकर कुवर, राज्य सचिवालय सदस्य तथा वापी नगर इन्चार्ज सर्जन साउद,राज्य सदस्य नरेन्द्र कलोनी रहेका थिए। विस्तारित बैठक लाई स्वागत मनतब्य सर्जन साउदले गरेका थिए, भने उक्त विस्तारित बैकले 25 सदस्यीय रहनेगरी वापी नगर समिति पुनर्गठन गरेकोछ। जसमा अध्यक्षमा टंक बुढा, उपाध्यक्षमा भरत दमाइ, सचिवमा मिलन केसी, कोषाध्यक्षमा करनसिंह कोइली, सहसचिवमा कृष्ण बि.क., र 13 सदस्य सहितको समिति गठन गरिएको छ, यसैगरि सल्लाहकार मा प्रमुख सल्लाहकार लोकेश ताम्राकार, र सल्लाहकार सदस्य कृतिसंह बोहरा रहेका छन । प्रमुख अतिथि शाही ले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई मंचको विधानको पद तथा गोप्यनिताको सपथ ग्रहण गराउदै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।









































