दिल्ली, 16 फरवरी 2022
प्रवासी नेपाली संघ भारत महारष्ट्र राज्य समिति अन्तर्गत वसईविरार नगर समितिको मातहतमा बसईगाउँ प्रारम्भिक समिति गठन कार्य सम्पन्न भएको छ। नेशनल लाइभ टी.भी.लाई प्राप्त जानकारी अनुसार राम न्यौपानेको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि, प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” रहेका थिए भने अन्य अतिथिहरुमा सदस्य अविराम घोडासैनी जोसी, मिलन देवकोटा , कुशुम भट्ट र नगर प्रमुख सल्लाहकार कर्णाकर घोडासैनी जोसी रहेको भेला को संचालन महाराष्ट्र राज्य सदस्य पदम अधिकारीले गरेका थिए। भेलामा प्रमुख अतिथि भीजनले नवनिर्मित समितिलाई पद तथा गोपनियता को सपथ ग्रहण गराउदै देशको वर्तमान अवस्था, प्रवासी नेपालीहरुले खेल्नुपर्ने भूमिका र प्रवासी नेपालीहरुले भारत प्रवासमा पाउनु पर्ने हक, हित र अधिकारका बारेमा प्रकाश पारेका थिए। सो भेलाबाट 11 सदस्यीय वसईगाउँ प्रारम्भिक समिति प्रास र 3 सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ।









































