नयाँ दिल्ली, 21 जनवरी 2020
राष्ट्रपति रामनाथ कोविन्दले फर्जी खबर समाचार जगतमा नयाँ खतराको रूपमा उदाएको बताउनुभएको छ। हिजो नयाँ दिल्लीमा ‘रामनाथ गोयनका उत्कृष्ट पत्रकारिता पुरस्कार’ समारोहमा राष्ट्रपति कोविन्दले ‘ब्रेकिङ्ग न्यूज’-को वर्तमान परम्पराले पत्रकारितामा संयम अनि दायित्वको सिद्धान्तलाई कमजोड पारिरहेको बताउनुभयो। उहाँले पत्रकारहरू विशेष रूपमा अन्वेषक, वकील तथा न्यायाधीशको भूमिकामा आउने बताउनुभयो। राष्ट्रपति कोविन्दले भारत जस्तो लोकतन्त्रमा तथ्यपूर्ण खबरहरू तथा त्यसमा सार्थक बहस महत्वपूर्ण भएको बताउनुभयो।
संघर्षपूर्ण क्षेत्र श्रेणीमा रिपोर्टिंगको लागि ‘रामनाथ गोयनका पुरस्कार’ दूरदर्शन समाचार टीमका स्वर्गीय अच्युतानन्द साहू, मोरमुकुट शर्मा र धीरज कुमारलाई प्रदान गरिएको छ। अच्युतानन्द साहू अक्टोबर 2018 मा छत्तीसगढको दन्तेवाडामा विधानसभा चुनावको कवरेजको अवधिमा नक्सली हमलामा मारिएका थिए।









































