HomeFeatureफागुन १ गतेदेखि सबै नागरिकलाई सरकारद्वारा बुस्टर डोज

फागुन १ गतेदेखि सबै नागरिकलाई सरकारद्वारा बुस्टर डोज

काठमाडौं, 11 फरवरी 2022

सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिनुभयो । बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उहाले बताउनुभयो । आफुले कार्यभार सम्हालेपछि भएका काम र भावी योजनाका बारेमा जानकारी दिर्दै मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाले  खोप लगाएको क्यूआरकोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको बताउनुभयो । २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको  र  २०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड १९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उहाले बताउनुभयो । मन्त्री खतिवडाले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र  ३ करोड ४८ लाख २५ हजार ६०१  मात्रा खोप लगाएको जानकारी दिनुभयो । त्यस्तै आवश्यक खोपको मौज्दात सुनिश्चीत गरिएको उहाले बताउनुभयो । मन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९–२०८६ तर्जुमा कार्य शुरु गरिएको र आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुने उल्लेख गर्नुभयो । त्यस्तै नेपालमा पहिलोपल्ट संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृमृत्यु अध्ययन सम्पन्न गरिएको उहाले बताउनुभयो । हालसम्म २२०० आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको र ५, १०, १५ बेडका २२६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...