HomeFeature‘फिक्स्ड ब्याजदर’ बैंकहरुले तोक्न थाले कर्जामा

‘फिक्स्ड ब्याजदर’ बैंकहरुले तोक्न थाले कर्जामा

काठमाडौं,२९ जनवरी
राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वाषिर्कोत्सवलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘फिक्स्ड ब्याजदर’ को विषय उठान गरे । उनले दीर्घकालीन कर्जा लिनेहरुका लागि स्थिर ब्याजदर कायम गर्न निर्देशन नै दिएका थिए ।

बैंकहरुले बुधबारदेखि नै ‘फिक्स्ड ब्याजदर’ नीति कार्यान्वयनमा ल्याएका छन् । बुधबार ३ वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गरेका लक्ष्मी बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये इन्भेष्टमेन्ट बैंकले फिक्स्ड ब्याजदर तोकेको छ ।

बैंकले १ वर्षको लागि निश्चित कर्जाहरुका लागि स्थिर ब्याजदर तोकेको हो । बैंकले कृषि क्षेत्रको कर्जाका लागि १०.५० प्रतिशत ब्याज तोकेको छ भने अर्थ कर्जा भनेर बैंकले १०.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले एसएमई नामको कर्जामा भने ९.९९ प्रतिशतमात्रै ब्याज लिने बताएको छ ।

गत साल कर्जाको ब्याजदर धेरै बढाएको भन्दै उद्योगी व्यवसायीहरु सडकमै उत्रिएका थिए । त्यसपछि प्रधानमन्त्रीसम्म कुरो पुगेर अहिले यो समस्या समाधान जस्तै बनेको छ । तर दीर्घकालीन समस्या समाधान भने नभएको भन्दै अर्थमन्त्रीले फिक्स ब्याजदरको कुरा उठाएका थिए ।

यस विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघले भने आधिकारिक निर्णय गरिसकेको छैन ।

संघका कार्यकारी प्रमुख अनिल शर्माले केहि अनौपचारिक छलफल भए पनि के(कसरी अघि बढ्ने भन्ने निर्णय नभइसकेको उनले बताए । उनले यस विषयमा संघमा छलफल हुने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...