फिफा महिला विश्वकपः स्पेन पहिलो पटक सेमिफाइनलमा
काठमाडौं, 11 अगस्ट 2023
स्पेन महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ । न्यु जिल्यान्ड वेलिंटन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वार्टरफाइनलमा नेदरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो।
अतिरिक्त समयमा सलमा पारालुएलोले गोल गरेपछि स्पेन २–१ गोलअन्तरले विजयी भएको हो। १११औँ मिनेटमा गोल गर्दै १९ वर्षीया पारालुएलो महिला विश्वकपमा स्पेनको कम उमेरकी गोलकर्तासमेत बनेकी छन्।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
८१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्पेनले अग्रता लिएको थियो। नेदरल्यान्ड्सले ९१औँ मिनेटमा बराबरी गोल फर्काएको थियो।
यो समाचार पनि पढनुहोस्…
- सरकारको पछिल्लो कदमबाट राज्य दोहनकर्ता र तस्करहरू तर्सिए
- वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन