HomeFeatureफ्रान्सका क्याथोलिक चर्चमा बालबालिकामाथि योन शोषण हुने गरेको खुलासा

फ्रान्सका क्याथोलिक चर्चमा बालबालिकामाथि योन शोषण हुने गरेको खुलासा

दिल्ली, 5 अक्टुबर 2021

फ्रान्सका चर्चमा लगभग ७० वर्षयता २ लाख भन्दा बढि बालबालिकाहरु क्याथोलिक पादरीहरुबाट यौन शोषणमा परेको तथ्य खुलासा भएको छ । एक रिपोर्टका अनुसार फ्रेन्च पादरीहरुले लगभग ७० वर्षको अवधिमा २ लाखभन्दा बढि बालबालिकाहरुमाथि यौन शोषण गरेको तथ्य खुलासा भएको हो । १९५० देखि २०२० सम्म २ लाख १६ हजार बालबालिकाहरु यौन शोषणमा परेको बताइएको छ ।  चर्चका पादरीभन्दा अन्य व्यक्तिहरुबाट पनि शोषणमा परेकाहरुको संख्या भने यो भन्दा धेरै रहेको रिपोर्टमा छ । चर्चसँग सम्बन्ध भएका पादरी बाहेकका व्यक्तिहरु समेतबाट पीडित भएकाहरुको संख्या झण्डै ३ लाख रहेको बताइएको छ । चर्चहरुमा हुने यौन शोषणबारे निगरानी गर्ने निकाय ‘इन्डिपेन्डेन्ट कमिसन अन सेक्सुअल एब्युज इन चर्च’ले सो रिपोर्ट सार्वजनिक गरेको हो । आयोगका अध्यक्ष जीन मार्क सौभेका अनुसार सो  अवधिमा २ हजार ९ सयदेखि ३ हजार २ सय पादरीहरुले विभिन्न चर्चहरुमा पादरीको रुपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...