बंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको चुनौती
काठमाडौँ, 11 नोभेम्बर 2023
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियासामू जितका लागि ३ सय ७ रनको चुनौती दिएको छ।पुनेमा टस हारेर पहिला ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको हो ।
बंगलादेशका लागि टूहिड ऋदोयले सर्वाधिक ७४ रनको योगदान गरे। कप्तान नजमूल होसाइन सान्टोले ४५, टान्जिड हसन र लिट्टन दासले समान ३६/३६ रनको योगदान गरे।
सिन एबोट र एडम जाम्पाले समान २/२ र मार्कस स्टोइनिसले एक विकेट लिए। अष्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ भने बंगलादेश सेमिफाइनलको रेसबाट बाहिरिसकेको छ।