काठमाडौं, 4 मई 2022
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बजार अनुशासन बनाउनका लागि व्यवसायीहरु नै गम्भीर हुनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा सञ्चार केन्द्र नेपालले आयोजना गरको निर्वाचनको समयमा बढ्दो मूल्यबृद्धि तथा बजार अनुगमन बिषयक कार्यक्रममा रिजालले प्रशासनले जतिसुकै अनुगमन गरेपनि व्यवसायीहरु गम्भीर र सचेत नभई बजार अनुशासन कायम हुन नसक्ने बताउनुभएको हो । उहाले उपभोक्ताहरुले मूल्य, वस्तुको मिसावट लगाएतमा चासो राख्नुपर्ने र व्यवसायीहरु पनि इमान्दार भए उपभोक्ताको अधिकार स्थापीत हुने धारणा राख्नुभयो । रिजालले नियमन निकायहरुको सक्रियता बढाए उपभोक्ता हकहितलाई संरक्षण गर्न सकिने उल्लेख गर्नुभयो । उहाले आगामी दिनमा प्रशासनले निरन्तर अनुगमन गर्ने र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारवाही गर्ने स्पष्ट पार्नुभयो ।









































