6 फरवरी 2020/ हिम शाह
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला मष्टा गाउँपालिकामा दुई दिने माइक्रोस्कोपी शिविर सम्पन्न भएको छ। बुधबार मस्टा गाउँपालिकाको आयोजनामा अस्पतालको पहुँचमा नपुगेका र लुकेर बसेका क्षयरोग बिमारीहरूको परीक्षण गर्नको लागि दुई दिने माइक्रोस्कोपी शिविरको आयोजना गरिएको थियो।
दुई दिने शिविरमा गाउँपालिकाका 21 जना महिला र 43 जना पुरूष गरी कुल 64 जनाले सेवा लिएका छन्। 64 जनाको खकार परीक्षण गर्दा कसैमा पनि क्षयरोगको संक्रमण नदेखिएको मष्टा गाउँपालिकाका स्वास्थ्य सहायक भिमबहादुर बोहराले जानकारी दिनुभयो।









































