HomeFeatureबदलिँदैछ म्यासेन्जरको डिजाइन

बदलिँदैछ म्यासेन्जरको डिजाइन

नयाँदिल्ली, ३ मार्च, २०२०
सबैभन्दा लोकप्रिय म्यासेजिङ एप फेसबुक मेसेन्जरको डिजाइन परिवर्तन हुने भएको छ । फेसबुकले आफ्नो म्यासेन्जर एपको डिजाइन परिवर्तन गरी कतिपय फिचरका ट्याबहरु समेत हटाउने तयारी गरेको हो ।

समाचारअनुसार म्यासेन्जरमा च्याट बोट्सका साथै डिस्कभर ट्याब पनि हट्नेछन् । एपको डिजाइनलाई पहिलेको तुलनामा बढी सरल बनाउनुका साथै प्रयोगलाई समेत सहज बनाउनका लागि पछिल्लो कदम चालिएको हो । आगामी हप्तादेखि म्यासेन्जर एपमा उल्लेखित परिवर्तन देखापर्ने टेक क्रन्चको रिपोर्टमा उल्लेख छ ।रिपोर्टमा भनिएको छ– फेसबुक आफ्नो म्यासेजिङ एपलाई सिम्पल तथा फास्ट बनाउन चाहन्छ । जसका कारण यो निर्णय लिइएको हो ।

पछिल्लो परिवर्तन म्यासेन्जर एपको वृहत रिडिजाइन प्रक्रियाको एक हिस्साको रुपमा रहेको बताइएको छ । फेसबुकले म्यासेन्जरमा नयाँ परिवर्तन सँगै स्टोरिज खण्डलाई बढी प्राथमिकता दिएर स्न्यापच्याटलाई टक्कर दिने योजना बनाएको छ ।

स्टेन च्याडनोवस्कीको टिमले फंक्सनल म्यासेजिङ एपमा काम गरिरहेको छ । नयाँ डिजाइनको फेसबुक एपमा एभयउभि सेक्सनलाई हाइलाइट्स गरी त्यहाँ पछिल्लो २४ घण्टामा स्टोरी शेयर गरेका फेसबुक साथीहरुका स्टोरिज देखाइनेछ । त्यसका अलावा कन्ट्याक्ट लिष्ट पनि देखाइनेछ, जहाँ सबैभन्दा धेरै कल तथा म्यासेज गरिने साथी यदि फेसबुकमा एक्टिभ भएमा सबैभन्दा माथि देखा पर्नेछ ।

फेसबुकले नाबालिगहरुको लागि ल्याएको म्यासेन्जर एप म्यासेन्जर किड्समा पनि केही परिवर्तन गर्दैछ । जहाँ अभिभावकलाई आफ्नो बच्चाको म्यासेन्जरमाथि थप नियन्त्रण प्राप्त हुनेछ । बच्चाहरुले म्यासेन्जरमा के गर्दैछन् भन्ने देखिनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...