अर्घाखाँची, 23 नवम्बर 2021
गोविन्द पोख्रेल
नेविसंघको सदस्यता लिदै गर्दा उमेर १३ वर्ष वि. सं. २०४४ अहिले उमेर ४८ वर्ष ३५ वर्षको राजनैतिक यात्रामा सम्झौतामा रहेर कहिल्यै आफू अर्थात व्यक्ति हावी हुने रणनीति तयार गरेर सकृय हुन सकिन । सकृय रहे त केवल पार्टी संगठनका लागि विदेश बसाईको क्रममा समेत नेविसंघको नेतृत्व गर्दै जनसम्पर्क समितिमा महासचिव लगायत विभिन्न पदिय दायरामा काम गर्दै गर्दा बिना स्वार्थ संगठनलाई सबल बनाउन लागि परेकै हो । विदेश पछि नेपाल आगमनको एक वर्षपछि रुपन्देही सम्पर्क समितिमा भुमिकास्थानको नेतृत्व गर्दै सचिव पदको पदभार सम्हाल्दै आएको छु । आज जब एकाएक आदरणीय नेता बिष्णु प्रसाद खनाल मुस्कानले आफ्नो जीत निश्चित हुँदाहुँदै पनि पार्टीको बृहत्तर एकताको लागि आफू केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उठ्ने र एकताको संदेशलाई मजबुतिमा लैजाने रणनीति तय गर्नुभयो । आदरणीय नेताको यो कदमले मलाई अत्यन्तै उर्जा प्रदान गरेको छ र लेख्न चाहान्छु, अस्ति मैले हार बेहोरेको प्रदेश प्रतिनिधि आज ठूलो उपलब्धि सहित जितेको छु । आफ्नो नेताले जित्दै गर्दा आफुले सम्झौतामा रहेर राजनिति गर्नु भन्दा आफू निश्कृय बस्नु भन्ने नैतिकता हिजो पनि अबलम्बन गरेको मैले आज पनि मेरो नैतिकता त्यसैमा अडिग रहेको छ ।
जबर्जस्ति प्यानल सोधेर हार बेहोरेको हो ।
एक जना साथिको फोन कल उठाए, प्रदेशको अधिवेशनको पूर्व सन्ध्यामा राती ११ बजे, तीन पटक भन्दा बेसि प्यानल सोधिरहने उनको नियति मैले नबुझेको पनि हैन । बुझ्दा बुझ्दै पनि र उनी म भन्दा फरक धारको हुन भन्दा भन्दै पनि मैले भन्न बाध्य भए र भने म रेवती प्रसाद भुसाल, कमल भुसाल, बिष्णु मुस्कान, खडानन्द बेल्वासे र हाम्रो ढिकुराको वार्ड सभापति तिर्थराज घिमिरेको समर्थनमा उठेको हो । यो खबरले रातारात लिस्टहरु फेरिए । मैले (ब्यक्तिले) हार्दै गर्दा पार्टीले जितेको छ । मेरो अर्को साथिले जितेको छ । तर, अब जिल्ला नेतृत्व र केन्द्रिय महाधिवेशन प्रतिनिधि सबैमा मैले र पार्टी दुबैले जित्दै छौ ।
जय नेपाल !









































