12 अक्तूबर 2021
बलिउड चलचित्र उचाईको छायांकनका लागि बलिउड टोली यतिबेला नेपालमा छन्। अभिनेत्री परिणीति चोपडा, बोमन इरानी र अनुपम खेर चलचित्रको छायांकनका लागि नेपाल आएका हुन् । नेपाली कलाकार पनि एसमा जोडिएको यो चलचित्र लुक्लामा छायांकन गरिएको छ । लुक्ला पुगेको बलिउडकर्मीको टोलीले नेपाली प्रकृतिको तारिफ गरे । परिणीतिले सगरमाथाको सेरोफेरोमा रहेको तस्बिर खिचाएकी र उनले सगरमाथासँग खिचाएका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । तस्बिर सार्वजनिक गर्दै सगरमाथाले आफूलाई नम्रताको पाठ समेत सिकाएको बताएकी छिन् ।
उनले लेखिन , ‘गुड मर्निङ माउन्ट एभरेष्ट ! तिमीले मलाई आज नम्रताको पाठ सिकायौं ।‘









































