HomeFeatureबस सञ्चाललकको ठगी, 55 सय भाडा लिएर बेङ्गलोर जाने यात्रुलाई पुणेमा अलपत्र...

बस सञ्चाललकको ठगी, 55 सय भाडा लिएर बेङ्गलोर जाने यात्रुलाई पुणेमा अलपत्र छोडे, एकदिनपछि उद्धार

पुणे, 1 अक्टूबर 2020

नेपाल भारत बस सञ्चालन गर्ने अधिकांश बस व्यवसायीहरुका ठगी र लूटका घटनाहरु प्रकाशमा आइरहेको भएपनि अहिले चर्को भाडा लिएर गन्तव्यभन्दा अन्यत्रै छाडेको घटना प्रकाशमा आएको छ । डाँफे टुर एण्ड ट्राभल्स प्रा.लि. नाम गरेको समितिले कैलालीको धनगढीबाट बेङ्गलोर पुऱ्याइदिने भन्दै 5 हजार 5 सय रुपैया लिएर यात्रा शुरु गरेको भएपनि उनिहरुलाई महाराष्ट्र राज्यको पुणेमा अलपत्र पारेको हो ।…………

समाजसेवी नेत्र बहादुर शाहीका अनुसार डाँफे टुर एण्ड ट्राभल्स प्रालिले बसका 32 जना नेपालीहरुलाई 5 हजार 5 सय रुपैयाँ भाडा र सीमानाका पार गराउनका लागि विद्यार्थी परिचय पत्र बनाएर प्रतिव्यक्ति 7 सयका दरले पैसा लिएका थिए ।

27 तारिखका दिन धनगढीबाट बेङ्गलोरको लागि हिडेका थिए र उनिहरुको साथमा ट्राभल्सका तर्फबाट भक्त मिजार नामका एक प्रतिनिधि पनि आएका थिए । बसका सबै यात्रुहरुलाई धनगढीदेखि बेङ्गलोरसम्मको टिकट दिइएको थियो । तर पनि उनिहरुलाई पुणेको चाँदनी चौकमा अलपत्र पारिएको हो । मंगलबार पुणे पुगेका बसका यात्रुहरु पुरै एक दिन त्यही अलपत्र परेका थिए । शाहीका अनुसार महाकाली-सेती टुर एण्ड ट्राभल्सको कार्यालय नजिकै पुऱ्याएर यात्रुहरुलाई बिचल्लीमा पारेका थिए ।

डाँफे टुर एण्ड ट्राभल्स प्रालिले धनगढीको अछामी होटल अगाडी काउन्टर लगाएर टिकट काटेको थियो । सो ट्राभलका प्रतिनिधि भक्त मिजारले पहिलेनै पुणेसम्म सो गाडीले पुऱ्याउने र त्यसपछि अर्को गाडीले लिएर जाने भनेका थिए । तर पुणे पुग्नुअघि नै भक्त मिजारले सबै यात्रुलाई दिइएको टिकट फिर्ता लिएर पुणेमा यात्रुहरुलाई छोडेका थिए । उनिहरुलाई त्यही अलपत्र पारेर भक्त मिजार फरार भएका थिए ।

पुणेअघिनै ट्राभलका प्रतिनिधि भक्त मिजारले यात्रुलाई दिइएको टिकट फिर्ता लिएकाले ट्राभलको मनसायनै लूट भएको प्रष्ट भएको छ ।

मंगलबार साँझदेखि अलपत्र परेका उनिहरुको उद्धारका लागि नेत्रबहादुर शाही, हिक्मत शाही र नम बहादुर शाही लगायतका केही स्थानिय समाजसेवीहरु घटनास्थल पुगेका थिए । त्यसपछि उनिहरुलाई खानापानीको व्यवस्था गरिएको थियो । बुधबारदिन भरि ट्राभल वालासँग कुरा गरि साँझ उनिहरुलाई अर्को गाडी गरि बेङ्गलोर पठाइएको थियो। उनिहरुको आधा भाडा ट्राभल्स वाला र आधा भाडा आफुहरुले जोहो गरेर बेङ्गलोर पठाएको शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...