HomeFeatureबहुमत नपुग्ने भएपछि नेपाली काँग्रेस सरकारको नेतृत्वको दौडबाट फिर्ता

बहुमत नपुग्ने भएपछि नेपाली काँग्रेस सरकारको नेतृत्वको दौडबाट फिर्ता

काठमाण्डौ, 13 मई 2021

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपछि कांग्रेसले सरकार गठनका लागि बहुमत पुराउन नसकेको हो । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो । साथै उहाँले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाईसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासंग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “संंभावना देखिएन । हामी त तयारै हो । संविधानको धारा ७६ को उपधारा २ अनुसार जुन आजसम्म दाबी गर्ने समय थियो । यसभित्र अरु सहयोगी दलहरुको पनि निर्णयको आवश्यकता पथ्र्यो । जसपामा पनि एकमतको निर्णय गर्ने अवस्था देखिएनर माधव जीहरुले पनि निर्णय गर्न सक्नुभएन । त्यसो हुनाले दाबी गर्ने अवस्था अब रहेन । परिणाम नआउने दाबी गर्न जाने कुरा भएन । एक ÷दुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने वेग्लै कुरा हो । तर अहिलेसम्म त्यो स्थिति देखिएन । ७६÷२ (संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत त उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली)ले दाबी गर्न सक्नुहुन्न । त्यो त गलत नजिर बस्छ । उहाँले एकपटक संसदमा विश्वासको मत लिन असफल भईसकेपछि फेरी ७६÷२(संविधानको धारा ७६ को उपधारा २ ) अन्तर्गत दाबी गर्नु अनुपयुक्त हुन्छ । त्यो अनुसार गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।”

संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठनका लागि निर्णायक मतको रुपमा रहेको जसपामा महन्थ ठाकुर समुह प्रधानमन्त्री ओलीको पक्षमा छन् भने उपेन्द्र यादव समुह विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...