HomeFeatureबाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदबाट राजीनामा

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदबाट राजीनामा

काठमाडौं, 27 अक्तूबर 2021

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गर्नुभएको छ । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गर्नुभएको हो । उहाँले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको थियो । नेकपा एमालेको अल्मतको सरकार भए पनि केही विकासका कामहरू गरेको दाबी गर्दै उहाँले नेपालको संविधान १६९ (१) (क) अनुसार मैले आज मुख्मन्त्रीको नाताले मार्ग प्रशस्त गरेको बताउनुभयो । भदौ २ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिएपछि बहुमत दलको आधारमा शाक्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । भदौ २७ गते १३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको थियो ।  मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजीनामा दिनु नै राम्रो लागेको बताउनुभयो । नेकपा एमाले संसदीय दल, मन्त्रीहरू लगायत सबैको भावनाअनुसार आफूले पदबाट मार्ग प्रशस्त गरेको उहाँको भनाइ छ । सत्तापक्ष र विपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उहाँले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेको केहीबेरमा  प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाउनुभएको छ । मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् । १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त हुनु भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा पर्नुभएको थियो । हाल प्रदेशसभामा एमालेको ४३ जना मात्रै सांसद छन् । बागमती प्रदेश सभाको अर्को बैठक सूचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिनुभयो । शाक्यको राजीनामालगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...