HomeFeatureबाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९  म्याग्निच्युडको भूकम्प, भारतमा समेत कम्पन

बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९  म्याग्निच्युडको भूकम्प, भारतमा समेत कम्पन

दिल्ली, 24 जनवरी 2023

बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९  म्याग्निच्युडको भूकम्प गएको छ । बाजुराको मदना आसपासलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का छिमेकी जिल्लासहित भारतको राजधानी नयाँ दिल्लीसम्म पनि महशुस गरिएको थियो । भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको बाजुराका डिएसपी सुर्य थापाले बताए । क्षतिबारेको थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सुदूरपश्चिमका विभिन्न क्षेत्रमा केही महिनायता लगातार भूकम्प गइरहेको छ । यसअघि कात्तिक तेस्रो साता डोटीमा ६.६ म्याग्निच्युटको भूकम्प जाँदा ६ जनाको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...