बाजुरा, 10 फरवरी 2020/ हिम शाह
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको एकमात्र बसपार्क संचालनमा ल्याईने भएको छ। 2073 साल असोज 12 गते बाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाटै नियमित वससेवा सूरु भएपनि उचित वषपार्क नुहँदा वस व्यवसायीहरुले बसहरु सडकको छेउमै राख्दै आएका थिए। सदरमुकाम मार्तडीबाटै बससेवा सूरु भएको करिव 4 वर्ष पुग्न लागेको छ। तर उचित समयमा बसपार्क निर्माण नहुदा जिल्लामा संचालित साना तथा ठुला सवारी साधनहरु सडक छेउमै व्यवस्थापन गरिदै आएका थिए। सदरमुकाम मार्तडी बजार जिल्लाकै मुख्य व्यापारीक केन्द्र हो। यस अघि बसहरुलाई नेपाल टेलिकम र जिल्ला कारगार शाखा नजिकैको सडकमा गाडी पार्किङ्ग गरिदै आएका थिए।
सोमबार विहान बडीमालिका नगरपालिका 9 स्थित जिउलामा निर्माण गरिएको बसपार्कमा विभिन्न वस व्यवसायी समितिका 6 वटा बसहरु लिएर वसपार्क बाटै बसहरु नियमित संचालनमा ल्याउने तयारी गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताउनुभएको छ।
होटल डी.आर. मष्टदेखि बसपार्क सम्मको सडक र बसपार्कलाइ एक-दुई दिनमै व्यवस्थित बनाएर बसहरु वसपार्क बाटै नियमित संचालनमा ल्याईने नगरप्रमुख बडुवालको भनाई छ। गाडीहरु बाटोमै पार्किङ गरेर राख्दा बाटोमा पैदल यात्रा गर्ने मानिसहरुलाई पनि समस्या हुने विशेष गरी बालबालिका बढी जोखिम्मा पर्ने भएकाले नै बसहरुलाई बसपार्कबाटै नियमित संचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो।
बडीमालिका नगरपालिकाले वडा नं 9 मा पर्ने जिउला बसपार्क निर्माणका लागि अहिलेसम्म करोडौ रकम खर्च गरिसकेको छ।









































