HomeFeatureबाजुरा सांस्कृतिक महोत्सवको तयारी तीव्र

बाजुरा सांस्कृतिक महोत्सवको तयारी तीव्र

बाजुरा, 5 फरवरी 2020/ हिम शाह

बाजुराको फालासैनमा आयोजना हुने बाजुरा सांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको छ। पाँच दिन पछि सारेर माघ 25 गतेदेखि सुरु हुने महोत्सवमा आउने कलाकार टुङ्गो लगाउने कार्यदेखि अन्य तयारीमा आयोजक समिति जुटेको छ। कलाकार र आयोजक समिति बीचको सहमतिमा बद्री पंगीनी, शान्तिश्री परियार, चर्चित मोडल अञ्जली अधिकारी, रमा न्यौपाने, महेश औउजी, सुरेश शाहीपनि आउने भएका छन्।

त्यस्तै महोत्सवमा चक्र बम, मिष्टर आर.जे., रेखा जोशी, लालबहादुर थापा, प्रकाश थापा, शोभा थापा, संगीता शाह, शुशिला रौले, पविन्द्र सुनार, प्रभुराज पाण्डे, हर्क खडायत, नरबहादुर विक, रामबहादुर दानी, रंग नेपाली, प्रेम नेपाली, दिर्घ शाही लगायतका कलाकार आउने निश्चित भएको आयोजक समितिका अध्यक्ष दिपक साउँदले जानकारी दिनुभयो।

बाम्का बजारका व्यापारीहरुको समूह मिलेर दर्ता गरिएको संस्था, स्थानीय तह र बाजुराका सबै कला साहित्य क्षेत्रका व्यक्तिहरुसँगको साझा महोत्सवका रुपमा आयोजना गर्न लागिएको बताईएको छ। बाजुरा महोत्सव नेपाल भ्रमण वर्ष 2020 लाई सफल पार्न आयोजना गर्न लागिएको हो।
महोत्सवको सुरुमा केही टिकाटिप्पणी र विरोधका विषयले प्रवेश पाएपनि आपसी छलफलपछि कमिकमजोरी सुधार गर्दै लैजाने र महोत्सवलाई भव्य रुपमा सफल पार्ने सहमति भएको कलाकार हर्क खडायतले बताउनुभयो। शिक्षा, कला, सांस्कृतिक र व्यापार प्रवद्र्धन गर्न महोत्सवले सकारात्मक भूमिका निर्वाह गर्ने आयोजकको दावी छ। महोत्सवमा स्थानीय भुवा, चाली, लाखे, अनन्ते, देउडालाई विशेष स्थान दिइने छ भने स्थानीय रैथाने उत्पादनका परिकार पनि खान मिल्ने गरि स्टल व्यवस्थापन गरिएको छ।

महोत्सवमा 80 संख्यामा स्टल राखिनेछ। जिल्ला भित्र र बाहिरका चर्चित कलाकारलाई समावेश गर्ने तयारी गरिएको सचिव भरत बुढाले बताउनुभयो। प्रत्येक दिन 2 जना जिल्ला बाहिरका राष्टिय कलाकार र 3 जना जिल्ला भित्रका कलाकारलाई स्थान दिइने प्रचार समिति संयोजक गगन अयडीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...