HomeFeatureबाढीपहिरोले भएको क्षतिप्रति प्रवासी नेपाली एकता मञ्च भारतद्वारा दुःख व्यक्त, पीडितलाई सहयोग...

बाढीपहिरोले भएको क्षतिप्रति प्रवासी नेपाली एकता मञ्च भारतद्वारा दुःख व्यक्त, पीडितलाई सहयोग गर्न माग

नयाँ दिल्ली, 21 अगस्त

प्रवासी नेपाली एकता मञ्च भारतले बाढीपहिरो जन्य घटनामा नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले कोरोना महामारीको चपेटामा परेर देश शिथिल भएको अवस्थामा बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिले पुऱ्याएको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

संगठनले यस्ता दुःखत घटनामा परि ज्यान गुमाउने मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “ सिन्धुपाल्चोक जिल्लाको बाहबिसे नगरपालिका , जुगल गाऊँपालिका ,बाजुराको बूढीनन्दा नगरपालिका , अछामको रामरोशन  गाऊँपालिका , बझाङको बुङ्गल नगरपालिका, केदारस्युँ गाउँपालिका लगायत देशभरका स्थानमा भएको बाढी, पहिरोले ठुलो मात्रामा जनधनको क्षति भएको छ । हरेक बर्ष हुने तराईको डुवानको दिर्घकालीन समाधान खोज्नु जरूरी छ ।“

यो वर्ष मात्रै बाढीपहिरो र डुवानका कारणले झन्डै ३ सयभन्दा धेरैको निधन भएको छ ।सयौको सँख्यामा घाइते र बेपत्ता भएका छन । सयौंको सँख्याका घरहरू ध्वस्त भएका छन । हजारौ मानिसहरू घरबाहरविहीन भएका छन ।

सरकारी उदासीनता कारण दिन प्रतिदिन ठुलो मात्रामा देशमा क्षति भएको निष्कर्ष निकाल्दै प्रवासी नेपाली एकता मंच भारतले प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नभएकाले सरकारी निकायका विभिन्न तहका सम्बधित निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

बाढी, पहिरो तथा डुवानमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिन, बेपत्ता भएका नागरिकहरूको खोजी कार्य तीब्र पार्न, घाइते विस्थापित परिवारलाई उपचार र राहत कार्यलाई तत्काल अगाडी बढाउन नेपाल सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...