HomeFeatureबाली उत्पादन गर्न सबैभन्दा पहिला सिँचाइको व्यवस्था हुनुपर्छ: रेनु दाहाल

बाली उत्पादन गर्न सबैभन्दा पहिला सिँचाइको व्यवस्था हुनुपर्छ: रेनु दाहाल

भरतपुर, 26 मई 2023

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाइको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताएकी छन् ।खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाइको व्यवस्था हुनुपर्ने उल्लेख गरिन् । भरतपुरमा सिँचाइको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालीन र वैकल्पिक व्यवस्थाका लागि कामहरू अगाडि बढाइएको बताइन् ।प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले पर्याप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उनको भनाई थियो ।कृषिमा जति नै आधुनिकीकरण, यान्त्रीकरण गरे पनि सिँचाई अनिवार्य हुनुपर्ने औँल्याइन् ।

नारायणी लिफ्ट सिँचाइको जीर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात् १२ महिना सिँचाइको व्यवस्था हुने उनले बताइन् । पश्चिम चितवनको सुख्खाग्रस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई  २१ सय हेक्टरमा सिँचाइको सुविधा रहेको र अहिले एक खेती पनि नहुने ठाउँमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताइन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...