HomeFeatureबिकास समितिद्वारा गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन

बिकास समितिद्वारा गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन

काठमाडौं, 31 मई 2022

प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाई काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ । राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरिय रुपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल बिभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । उहाले जयनगर जनकपुर कुर्था बर्दिबास हुदै निगजढसम्मको निर्माणाधिन रेल पूर्वाधारको प्रारम्भीक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताउनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गुरुयोजना नवनाई आयोजना सुरु गर्दा समस्या देखिएको बताउनुभयो । बर्दिबास हुदै निगजढसम्मको निर्माणाधिन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उहाले जानकारी दिनुभयो । उहाले काकडभित्तामा रेगमार्ग निर्माणमा भने केहि समस्या देखिन सक्ने बताउनुभयो । त्यस्तै रेल बिभागका महानिर्देशक दिपक कुमार भट्टराईले बर्दिबास हुदै निगजढसम्मको ७० किलोमिटर ट्रयाक निर्माण कार्य भइरहेको हालसम्म ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । यसमा २५ अर्व ९० करोड खर्च भइसकेको उहाको भनाई छ । बैठकमा समिति सदस्यहरुले रेल मार्ग निर्माणमा कार्यमा उल्लेखीय प्रगति हुन नसकेको बताएका थिए ।  रेल तथा मेट्रो रेल विकास आयोजनाको वर्तमान अवस्थाको सम्बन्धमा समितिले छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...