Northeast Super News : सोमबार ०१ जून २०२०
सञ्जय निरौला

बैश्विक महामारी कोरोना भाइरसको बढदो प्रकोप तथा देशमा चलिरहेको लकडाउनको अवस्थालाई ध्यानमा राख्दै राहत सामाग्री लिएर आज गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) का एक प्रतिनिधि टोलीले गत 2017 सालको गोर्खाल्याण्ड आन्दोलन कालमा शहिद भएका दार्जीलिङको बिजनबारी अन्तर्गत रेलिङ निवासी महेश गुरुङको घर परिवारसँग भेटघाट गरेको छ । नारी मोर्चा प्रमुख उर्मिला रुम्बाले नेतृत्व गरेको टोलीमा नोमन राई लगायत अन्य प्रतिनिधिहरूको बिशेष रूपमा उपस्थिति रहेको थियो । कोरोना भाइरस महामारीको बेला चारतर्फ लकडाउनले गर्दा सम्पूर्ण पहाडबासी नै चपेटामा परेको छ । अध्यक्ष बिमल गुरुङको आदेशमा शहिद परिवारको हालखबर तथा दुखेसो बुझ्न आएका हौं । हामी यहाँ कुनै प्रकारको राजनीति गर्ने आएको होइनौं, दु:ख परेको बेला सहयोग गर्न मात्र आएको हौं । अहिले पहाडमा सम्पूर्ण सङ्घ संस्था साथै जीटीएले पनि राम्रो गरिरहेको छ । हामी पनि उनीहरुलाई थप सहयोग पुराउन हेतु राहतहरु बितरण गरेको पार्टीको पक्षमा नोमान राईले बताएका छन् ।









































