दिल्ली, 4 मार्च 2022
शिवरात्रीका दिन सौनाहा बजार बिहारबाट 8 नेपाली युवतीहरुको उद्धार गरिएको छ। 1 मार्च 2022 का दिन मंगलवार दिउँसो करीब 1 बजे एंटी ह्युमन ट्राफिकिंग युनिट टीम (AHTU) द्वारा सौनाहा बजारमा दुई ऑरकेस्ट्रा ग्रुपमा छापा हानी ती युवतीहरुको उद्धार गरिएको हो। उद्धार गरिएका मध्य, 4 नाबालिग र 4 बालिग युवती रहेका छन। नेशनल लाईभ टिभीलाई शंकर सेनद्वारा प्राप्त जानकारी अनुसार, सौनाहा बजारमा कार्यरत दुईटा ऑरकेस्ट्रा टीम माथि संयुक्त अभियान चलाएर, उक्त रेस्क्यु गरिएको हो। उद्धार गरिएका मध्य, दुई 17 वर्षीय नेपाल झापाका, दुई 17 वर्षीय सिन्धु-लीका र एक 19 वर्षीया काभ्रे, 20 वर्षीया विराटनगर, 22 वर्षीया ओखल-ढुंगा र एक जना डोल्पा निवासी रहेकी छन। रेस्क्यु टीममा रक्सौल प्रहरी चौकीका प्रभारी, सीनियर इन्स्पेक्टर, मनोज कुमार शर्मा, महिला एवं बाल अधिकार संस्थाका डायरेक्टर शंकर सेन एवं फाउंडर मान बहादुर, चाइल्ड लाईन केयर सब सेन्टर रक्सौल तथा पलनवा प्रहरी चौकीले संयुक्त कारवाही गरेका हुन। उद्धार गरिएका युवतीहरुसंग काउन्स-लिंग गर्दा कसैले बिहेको प्रलोभनमा पारेर त कसैले ऐश आरामको जीवन पाउने सपना दिखाएर उनीहरुलाई ललाई फकाई लिएर आएर अश्लील नृत्यहरु गर्न लगाएका थिए । महिला बाल अधिकार संस्थाका डायरेक्टर शंकर सेनले भने ऑरकेस्ट्राको नाममा युवतीहरुमाथि अमानवीय अत्याचार र शारिरीक शोषण भइरहेको थियो। यस्ता विषय वस्तुमा आफुले निरन्तर कार्य गर्ने उनको भनाई रहेको छ। उद्धार गरिएका युवतीहरु र उनीबाट अवैध कार्य गराउनेहरु दुवै लाई पलनवा चौकीमा बुझाइएको छ। पलनवा चौकीका प्रभारी उपनिरीक्षक प्रभाकर पाठकले उद्धारमा सहयोग गर्ने AHTU र महिला एवं बाल अधिकार संस्था प्रति आभार जताएका छन।









































