HomeFeatureबुटवलमा घुससहित असई र प्रहरी जवान पक्राउ

बुटवलमा घुससहित असई र प्रहरी जवान पक्राउ

काठमाडौं, १० फरवरी, २०२०
बुटवलमा एक जना प्रहरी सहायक निरीक्षक असई पाँच हजार घुससहित पक्राउ परेका छन् ।

प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई बुटवल उपमहानगरपालिका -८ ट्राफिक प्रहरी पोष्ट रामनगरबाट अख्तियारले घुससहित पक्राउ गरेको हो ।

विभिन्न बहाना बनाएर टिपर रोकेर चालकलाई डर त्रास देखाइ आवत जावतमा सहजीकरण गरिदिने भन्दै घुस लिएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा यसअघि पनि अधिकारीले पटकपटक घुस लिइसकेको उजुरी परेको थियो ।

यस्तै, अस्थायी ट्राफिक प्रहरी पोष्ट, खैरेनी रुपन्देहीमा कार्यरत प्रहरी जवान छबिलाल पोख्रेललाई पनि अख्तियारले तीन हजार घुससहित नियन्त्रणमा लिएको छ ।

उनलाई पनि टिपर रोकी चालकलाई धम्क्याएर घुस लिएको उजुरी परेपछि पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...