काठमाडौं, 27 सितम्बर 2021
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको ९ एन एएनआई एटिआर जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि पुन काठमाडौंनै फर्किएर सफल अवतरण गरेको छ । सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो।पाईलटले विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा ल्याण्डिङ गियरमा समस्या आएको थाहापाएपछि काठमाडौंनै फर्काएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले सफल अवतरण गराउनका लागि विषेश तयारी गरेर अवतरण गराएको हो । विमानलाई रहेको ईन्धन सकाउनको लागि काठमाडौंको आकाशमा होल्डमा राखिएको थियो । काठमाडौंको आकाशमा विमानले १० फन्को मारेको थियो । सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ ।









































