काठमाडौँ , ६ मार्च, २०२०
नेपालमा बुद्ध एयरले १०० डिग्री भन्दा बढी तापक्रम देखिएका यात्रुलाई जहाज नचढाउने भएको छ ।आफ्नो जहाजमा यात्रा गर्ने यात्रुहरुको तापक्रम बढी देखिए घर फिर्ता गर्ने बुद्ध एयरले बताएको हो ।
विज्ञप्ति जारी गर्दै सुरक्षाको पहिलो कदम आर्फैबाट सुरु गर्नुपर्ने भन्दै चेक–इन काउण्टरमा विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्ने बुद्ध एयरले जनाएको छ ।बढ्दै गएको कोरोना भाइरसको सक्रमण फैलन नदिन यस्तो निणर्य गरिएको जनाइएको छ ।









































