HomeFeatureबेङ्गलोरमा सुर्खेतका एक नेपालीद्वारा आत्महत्या, पारिवारिक कलह कारण रहेको अनुमान

बेङ्गलोरमा सुर्खेतका एक नेपालीद्वारा आत्महत्या, पारिवारिक कलह कारण रहेको अनुमान

बेङ्गलोर, 10 सेप्टेम्बर

दक्षिण भारतको कर्नाटक राज्यको बेङ्गलोरमा एक नेपालीले आत्महत्या गरेका छन । रोजगारीको सिलसिलामा बेङ्गलोरमा पछिल्लो 1 वर्षदेखि रहँदै आएका सुर्खेत पञ्चपुरी नगरपालिका वार्ड नम्बर 8 का बिमल मगरले आत्महत्या गरेका हुन । छवि मगरका छोरा बिमल मगर श्रीमतिसहित बेङ्गलोरको पणतुरमा बस्दै आएका थिए । अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिवालय सदस्य राकेश ओडका अनुसार बिमल मगर पणतुरमै सिक्योरिटी गार्डका रुपमा काम गर्दै आएका थिए । बिमलले घरायसी कलहका कारण आत्महत्या गरेको आशंका गरिएको राकेश ओडले बताउनु भएको छ । जानकारीका अनुसार बिमल र उनकी पत्नीबिच प्राय झगडा भएको हुने गर्दथ्यो । पछिल्लो केही दिनदेखि बिमल नियमित रुपमा मदिरा सेवन गर्ने गरेका थिए । यस्तै तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । बेङ्गलोरमा नेपालीले आत्महत्या गरेको यो पहिलो घटना होइन, यसअघि पनि कयौ नेपालीले आत्महत्या गरिसकेको नेशनल लाईभका संवाददाता मिनेष रावलले बताउनु भएको छ ।

दक्षिण भारतमा पछिल्लो समय नेपालीहरुले आत्महत्या गरेको घटना लगातार प्रकाशमा आइरहेको छ । पछिल्लो समय तमीलनाडु राज्यमा 6 महिनामा 9 जनाले आत्महत्या गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...