नयाँदिल्ली, २ मार्च, २०२०
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग इन्गेजमेन्ट गरेका छन् ।
५५ वर्षीया प्रधानमन्त्री बोरिस जोनसोनले ३१ वर्षे प्रेमिका क्यारी साइमण्डस्सँग इन्गेजमेन्ट गरेका हुन् । जोनसोन आगामी केही महिनामा पितासमेत बन्न लागेका छन् । बोरिसका प्रेमिका क्यारी साइमण्ड्स अहिले गर्भवती छिन् । बेलायती मिडियाले यसबारे जानकारी दिएका हुन् ।
वास्तवमा बोरिस जोनसोन क्यारीसँग सरकारी निवासमा बस्छन् । उनीहरु केही वर्षदेखि सँगै छन् । बच्चाको जन्म अगावै जोनसोनले क्यारीसँग विवाह गर्ने अनुमान पनि गरिएको छ । यदि यसो हुँदा हो त बेलायतको २५० को इतिहासमा प्रधानमन्त्री पदमा रहँदा कुनै राजनेताले विवाह गरेको यो पहिलो घटना हुनेछ ।
स्थानीय मिडियाले लेखेको छ, ‘उनीहरु सायद यो कुरा केही थप समयका लागि लुकाएर राख्न चाहन्थे तर गर्भ बढ्दै जाँदा यो कुरा आफसे आफ सार्वजनिक हुने कुरा उनीहरुलाई थाहा थियो ।’
यस्तै द सनले लेखेको छ, ‘क्यारी यतिबेला पनि आफ्नो कामकाजमा लागिरहेकी छिन् । उनी केही पर्यावरण परियोजनामा काम गरिरहेकी छिन् ।’









































