HomeFeatureबेलायतमा प्रहरीले महिलाको बलात्कारपछि शवलाई जलाए

बेलायतमा प्रहरीले महिलाको बलात्कारपछि शवलाई जलाए

30 सितम्बर 2021

एक जना प्रहरी अधिकृतले  बेलायतमा ३३ वर्षीया महिलालाई अपहरण गरेर बलात्कार गरेपछि  र हत्या गरेको घटना सार्वजनकि भएको छ । मानिसहरुले उक्त घटनाको बारेमा थाहा भएपछि प्रहरीप्रति अविश्वास र आक्रोश व्यक्त गरेका छन्। कोभिड–१९ मापडण्ड उलंघन गरेको बताउँदै आरोपी प्रहरीले महिलालाई हिरासतमा लिएपछि आफ्नो प्लटमा लगेर महिलालाई बलात्कार गरेका थिए । एउटा रिपोर्टका अनुसार सारा एभर्ड दक्षिण पश्चिम लण्डनको क्लेफम कमन क्षेत्रबाट पैदल आफ्नो घरतर्फ जाना लाएकी थिइन् । त्यही आरोपी प्रहरीले सारालाई रोकेका थिए । यो घटना, ३ मार्चका दिन सारा आफ्नो साथीको घरबाट फर्कने क्रममा भएको हो । यो घटना, ३ मार्चका दिन भएको हो। यद्यपि, यो घटनाको विष्तृत जानकारी अहिले सार्वजनिक भएको छ । अहिले यस बारेमा विभिन्न प्रश्नहरु उठेका छन । घटनाको दिन आरोपी प्रहरी ड्यूटीमा थिएनन् । सारालाई आफू कोभिड पेट्रोलिङमा छु भन्दै सारालाई कोरोना नियमको उल्लघन गरेको हो, भन्दै पक्राउ गरेर जबर्जस्ती कारमा बसाएका थिए । सारा हराएको घटनाले लण्डनमा तहल्का मच्चिएको थियो । सञ्चार माध्यमको दवावका कारण प्रहरीद्धारा सारालाई खोजी कार्य जारी थियो। त्यही क्रममा जाँच समुहले भेन कूजेन्सको बारेमा केही जानकारी अनुसार,  जसको आधारमा उनलाई पक्राउ गरियो थिए । प्रहरीले जलेको अवस्थामा साराको शव आरोपीको खाली फ्ल्याटबाट प्राप्त गरेको थियो । नेकलेस र सुनको इरररिङबाट मृतकको पहिचान भएको थियो । बलात्कारपछि हत्या गरेर आरोपी प्रहरीले खाना खाएर आफ्नो घर फर्किएका थिए । दोस्रो दिन उनी आफ्नो परिवारसंग उक्त फ्ल्याटमा पनि गएका थिए । सोधपुछमा भेन कूजेन्सले विभिन्न कथा सुनाएका थिए । उनले कहिले आफूमाथि धेरै ऋण भएको र ऋणिले ऋणको बदलामा यूवती माग गरेकाले आफूले एभर्डलाई अपहरण गरेको जनाएका थिए । आरोपीले अर्को कथा पनि सुनाएका थिए । एक जना सेक्स वर्करसंग सम्बन्ध रहेको आफ्नो र उनलाई दिने पैसा नभएपछि आफूलाई बारम्बार धम्कि आउन थालेको पनि उनले जनाएका छन् । आरोपी प्रहरीले एभर्डको बलत्कार गरेर बेल्टले घाँटि थिचेर मारेको स्वीकार गरेका छन् । हत्यापछि आरोपीले मृतकलाई आगोमा जलाएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...